अनुसूची–८
(नियम ३१ को उपनियम (२०) सँग सम्बन्धित )
कार्य सम्पादन मूल्याङ्कन फाराम भर्दा पालना गर्नुपर्ने निर्देशिका :
(क) मूल्याङ्कन हुने प्रहरी कर्मचारीका लागि :
(१) आफूले सम्पादन गरेको उल्लेखनीय कार्यहरुलाई बुँदागत र बस्तुपरक रुपमा उल्लेख गर्नु पर्ने छ ।
(२) सम्पादित कार्य बमोजिम कुनै महत्वपूर्ण उपलव्धी वा प्रगति भएको भए सो को विवरण समेत उल्लेख गर्नु पर्नेछ ।
(३) बुंदा नं. (१) र (२) लाई समर्थन गर्ने कुनै आधिकारीक पत्र, लिखत भए सो बारेमा पनि संक्षिप्त रूपमा उल्लेख गर्नु पर्नेछ ।
(४) आपूmलाई तोकिएको जिम्मेवारी निर्वाह गर्दा आपूmले पाएको पुरस्कार, कदरपत्र, प्रशंसापत्र, न्युनतम तथा अतिरिक्त शैक्षिक योग्यता तथा विभागीय वा अन्य कारवाही समेतका बारेमा उल्लेख गर्नु पर्नेछ ।
(५) .....
(६) तोकिएको अवधिमा आफूले सम्पादन गरेका मूल्याङ्कन हुनु पर्ने कार्यहरूलाई मात्र उल्लेख गरी फाराम भर्नु पर्नेछ । त्यसरी फाराम भर्दा आफ्नो व्यक्तित्व, कार्य क्षमता र स्तरलाई झल्काउने गरी वस्तुनिष्ठ र तथ्यगत आधारमा भर्नु पर्नेछ ।
(ख) सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिका लागि :
(१) मूल्याङ्कन हुने प्रहरी कर्मचारीले पेश गरेको कार्य विवरणलाई निजले सम्पादन गरेको कार्यस्तर, क्षमता, न्युनतम तथा अतिरिक्त शैक्षिक योग्यता र प्रस्तुतीकरण तथा निजको व्यक्तिगत फायलमा रहेका कागजातहरू र अन्य परिस्थितीलाई समेत विचार गरी मूल्याङ्कन गर्नु पर्नेछ ।
(२) साठी प्रतिशत भन्दा कम र नब्बे प्रतिशत भन्दा बढी अङ्क प्रदान गर्दा आधार र कारण खुलाउनु पर्नेछ ।
(३) मूल्याङ्कन हुने प्रहरी कर्मचारीले आफ्नो कार्य सम्पादन गर्दा प्रहरी सङ्गठन, कार्यालयको छवी उच्च बनाएको र आम जनतासँग सौहार्दपूर्ण एवं नागरिकमैत्री कार्य र व्यबहार गरेको भएमा सोलाई समेत आधार मानी मूल्याङ्कन गर्नु पर्नेछ ।
(४) मूल्याङ्कन हुने प्रहरी कर्मचारीले पाएको पुरस्कार र सजायको कारण र पृष्ठभूमि समेतलाई विचार गरी मूल्याङ्कन गर्नु पर्नेछ । पटक पटक विभागीय कारवाहीमा परेको प्रहरी कर्मचारीको सो बमोजिम मूल्याङ्कन नगर्ने सुपरिवेक्षक र पुनरावलोकनकर्ताको समेत सोही आधारमा मूल्याङ्कन हुनेछ ।